Listen Live: 

सौराहामा पर्यटन विकासको लागि अन्तर्किया

Radio Chitwan
बिहिबार, जेष्ठ ३१, २०८१

रत्ननगर । मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहा चितवनको पर्यटन विकासको लागि विहीबार सर्वपक्षिय अन्तर्किया कार्यक्रम गरिएको छ ।

रत्ननगर पर्यटन प्रर्वद्धन समितिले तयार गरेको पर्यटन विकास सम्बन्धी कार्ययोजनाको मस्यौदा माथि छलफल गर्न अन्तर्किया कार्यक्रम गरिएको हो । समितिले सौराहालाई केन्द्र विन्दु मानेर चितवनको पर्यटन विकासका लागि गर्न सकिने कामहरु सहितको पर्यटन कार्ययोजनाको प्रारम्भिक मस्यौदा तयार गरेको छ । समितिले सौराहाको सफारी पर्यटनलाई केन्द्र विन्दु मानेर आवश्यक पूर्वाधार निर्माण र जिल्ला भित्रका सम्भावित गन्तव्यहरुसंग जोडेर सौराहाको पर्यटनलाई विकास गर्ने गरी ४१ बुँदे कार्ययोजनाको प्रारम्भिक मस्यौदा तयार गरेको समितिका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिए ।

सौराहालाई मुख्य गन्तव्य स्थल मानेर माडी, भरपुर, इन्छाकामना, कालिका, खैरहनी र राप्ती नगरपालिकाका पर्यटकीय गन्तव्यहरुसंग जोडर सौराहाको पर्यटनको दायरा फराकिलो बनाउने गरी कार्ययोजना निर्माण गरिएको अध्यक्ष भेषराज दुवाडीले बताए । कार्ययोजनामा सन २०२५ लाई सौराहा भ्रमणबर्षको रुपमा मनाउने, पर्यटन सुचना केन्द्र स्थापना गर्ने, सौराहालाई विशेष पर्यटन क्षेत्रको रुपमा घोषणा गर्न सरकारी पहल सुरु गर्ने, सौराहाको अस्थित्व जोगाउन ब्रान्डिङ गर्ने, पर्यटकको बसाई लम्ब्याउन निकुञ्जको टिकटको अबधिलाई तीन दिन बनाउने लगायतका विषयहरु समेटिएको छ ।

सौराहमा अगामी वर्ष हने अन्तराष्ट्रिय हात्ती महोत्सवका अवसर पारी सरकारबाट नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्र घोषणा गर्ने र सोही समारोहमा चितवनलाई समेट्दै घुमौ सौराहको निरन्तरता स्वरुप परिवर्तन गर्दै सौराह भ्रमण वर्ष २०२५ घोषण गर्ने, भरतपुर विमानस्थलमा सुचनाका लागि पर्यटन प्रवद्र्धन सम्बन्धी बोसर, पम्प्लेट र श्रव्यदृष्य सामाग्री प्रसारण गर्ने मोनिटर समेतको व्यवस्थापन गर्ने, सौराहको बारकोड निर्माण गरी सुचना र जानकारीमुलक सामाग्री व्यवस्थापन तथा रत्ननगरको आकासे पुल लगायत राजमार्गमा आवश्यक पर्ने स्थानमा सौराह प्रवेश संकेत भएको आकर्षक लाईट सहितको सुचना पाटीको व्यवस्था मिलाउने योजनामा समबेश गरिएको छ ।

व्यवसायी तथा संरक्षणकर्मीहरुले सौराहाको सफारी र संस्कृतिक पर्यटनको साख जोगाउने गरी काम गर्नुपर्ने बताए । सौराहाको सफारी पर्यटनलाई विर्र्सिएर चितवनको पर्यटन विकास नहुने भन्दै उनीहरुले पर्यटन कार्ययोजनामा सफारी पर्यटनलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा क्षेत्रीय होटल संघका उपाध्यक्ष ओमप्रकास पाण्डे, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, साना पर्यटन व्यवसायी समुहकी अध्यक्ष छुना रेग्मी, वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टीका गिरी, रत्ननगर उवासंघका बरिष्ठ उपाध्यक्ष निराजन खनाल, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पुष्पराज श्रेष्ठ, टिकौली वनका अध्यक्ष बुद्धिसेन चौधरी, क्षेत्रीय होटल संघका पूर्व अध्यक्षहरु गिरिधारी चौधरी, शंकर सैँजू, व्यवसायीहरु ऋषि तिवारी, गोकर्ण गिरी, पुरुषोत्तम श्रेष्ठ, रामेश्वर शाह लगायतले मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram