Listen Live: 

रत्ननगरका तीनवटा वडामा पिठुवा खानेपानीको सचेतना कार्यक्रम

Radio Chitwan
बिहिबार, जेष्ठ ३१, २०८१

रत्ननगर। रत्ननगरको वडा नं. १५ माधवपुरमा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले रत्ननगरका तीनवटा वडामा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । 

संस्थाले आफ्नो सेवाक्षेत्र अन्तर्गतका तीनवटा वडाहरू १४,१५ र १६ का ४९ वटा टोलविकास संस्थाका झण्डै २०० जना प्रतिनिधिहरूलाई सचेतना प्रदान गरेको हो। 

मंगलबार वडा नं. १६ बाट सुरु भएको सचेतना कार्यक्रम हिजो बुधवार वडा नं. १४ र आज विहिवार वडा नं. १५ मा सम्पन्न भएको छ। 

संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले, पछिल्ला दिनहरुमा गरिएको धारा अनुगमनको क्रममा ३० प्रतिशत भन्दा बढी उपभोक्ताहरुले खानेपानीको धाराको सरसफाईमा ध्यान नदिएको पाईएको जानकारी दिए। त्यसैले खानेपानीको मिटर र धारा वरपर फोहोर पानी जमेका कारण महामारी फैलनसक्ने अवस्था देखिएकाले सचेतना  कार्यक्रम गरिएको उनले  बताए ।

विहीबार वडा नं . १५ मा आयोजना गरिएको कार्यक्रममा वडाध्यक्ष तथा संस्थाका पूर्व अध्यक्ष आशिक तामाङले सबै उपभोक्ता सकारात्मक भएर सरसफाई लगायत कार्यमा सहयोग नगर्ने हो भने माहामारीजन्य रोगका कारण ठूलो क्षति व्यहोर्नुपर्ने जोखिम रहेको बताए। 

कार्यक्रमका सहभागीहरुलाई खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका पुर्व ईन्जिनियर तथा चितवन जिल्ला खुल्ला दिशा मुक्त क्षेत्र अभियानका संयोजक शिवराज न्यौपाने र स्वास्थ्यका लागि पानी र सरसफाई विज्ञ निशा प्रजाले सहजीकरण गरेका थिए ।

संस्थाका सचिव रुपेश तिवारीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष तुलबहादुर रायमाझीले सहभागीहरुलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

वि. सं.२०६७ सालमा स्थापना भएको संस्थाले आफ्ना ४३०० उपभोक्तालाई ११० किमी पाईपलाईन मार्फत दैनिक ३५ लाख लिटर पानी वितरण गरिरहेको छ।

आन्य समाचारहरु:-
July 15, 2024
नारायणगढ–मुग्लिङ सडकको माथिल्लो भागको पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना नहुँदा हरेक वर्ष जनधनको ठुलो क्षति हुने गरेको छ ।

नारायणगढ– दुई लेनको सडकसँगै १९ वटा पुल निर्माणका लागि अर्बौं रुपियाँ खर्च गरिएको नारायणगढ–मुग्लिङ सडकमा पहिरो नियन्त्रणका लागि छिटपुटबाहेक दीर्घकालीन योजना अघि बढ्न सकेको छैन ।यो समाचार गोरखापत्र दैनिकमा छ, […]

July 14, 2024
राप्तीका उपमेयरले गरे मेयरको गाडी तोडफोड गर्नेलाई कारबाहीको माग

राप्ती । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा चढेको गाडी तोडफोड गर्ने समुहको पहिचान गरी कारबाही गर्न माग गरिएको छ । सोही नगरपालिकका उपमेयर देवेन्द्र लामाले आइतबार एक विज्ञप्ती जारी […]

July 13, 2024
रत्ननगर खानेपानी उपभोक्ताको संख्या १४ हजार, ९ सय ६५ नयाँ उपभोक्ता थपिए

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कुल उपभोक्ताको संख्या १४ हजार भन्दा बढी पुगेको छ । एक वर्षको अवधिमा ९ सय ६५ जना नयाँ उपभोक्ता थपिएसँगै उपभोक्ताको संख्या […]

July 12, 2024
शैक्षिक गुणस्तर सुधारका लागि बछाैली माविमा अन्तरक्रिया

साैराहा । रत्ननगर नगरपालिका वडा नं.६ बछाैलीमा रहेकाे बछाैली माविले  विद्यालयमा शैक्षिक  सुधारका लागि अन्तरक्रिया गरेको छ। विद्यालयमा अतिरिक्त कक्षा संचालन गर्न  र शैक्षिक गुणस्तर सुधारका लागि विधालय व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram