Listen Live: 

सहमत भयो भारत नेपालको थप तीन सय २५ मेगावाट बिजुली किन्न

Radio Chitwan
बुधबार, चैत्र २३, २०७८

काठमाण्डौ, २३ चैत्र । भारतले नेपालका चार वटा आयोजनाबाट उत्पादित थप तीन सय २५ मेगावाट बिजुली किन्न सहमति जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आज बुधवार पत्रकार सम्मेलन गरेर भारतले विद्युत् प्राधिकरणका तीन वटा सहायक कम्पनी र एउटा निजी कम्पनीले उत्पादन गरिरहेको थप तीन सय २५ मेगावाट बिजुली भारतको प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको जानकारी दिनुभयो । गएको शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भएको सम्झौतापछि भारतले नेपालबाट थप बिजुली लिने भएको हो ।
भारतले यसअघि १५ मेगावाटको देवीघाट र २५ मेगावाटको त्रिशुली जलविद्युत् आयोजनाको बिजुली मात्रै किन्दै आएकोमा अब कालीगण्डकी जलविद्युत् आयोजनाको एक सय ४० मेगावाट, मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट र मध्य मर्स्याङ्दी आयोजनाको ६८ मेगावाट बिजुली किन्न सहमति जनाएको मन्त्री भुसालले बताउनुभयो । यस्तै लिखु जलविद्युत् आयोजनाको ५१ मेगावाट बिजुली पनि नेपालले भारतलाई बेच्न सक्नेछ ।
अहिले सुक्खायामको समय भएकाले नेपाललाई नै बिजुली अपुग भएको तर असारपछि नेपालमा बिजुली धेरै हुने भएकाले भारतलाई बेच्न सुरु हुने ऊर्जा मन्त्रालयले जनाएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram