कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कालिकामा आँखा उपचार केन्द्र स्थापना

कालिका,३०जेठ ।
कालिका नगरपालिकामा आज(बुधवार)देखि आँखा उपचार केन्द्र संचालनमा आएको छ ।
कालिकाको वडा नं. ६ को कार्यालय परिसरसँगैको भवनलाई तत्कालका लागि आँखा उपचार केन्द्र बनाइएको छ । उपचार केन्द्रको आजै कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले कालिका नगरपालिका क्षेत्रका नागरिकहरुले आँखा उपचारका लागि भरतपुर धाउन नपर्नेगरी उपचार केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो । आँखा उपचार केन्द्र स्थापनालाई आफुहरुको पाँचवर्षे कार्यकालको महत्वपूर्ण कामको रुपमा आफुहरुले लिएको बताउनुभयो ।
स्वास्थ्य, शिक्षा, खानेपानीलाई प्राथमिकता दिएर कामगर्दै आएका छौं उहाँले भन्नुभयो–“आँखाको उपचारका लागि भरतपुर धाउन पर्दैन । ” कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले भरतपुर आँखा अस्पताल, नेत्रज्योती संघसँग सहकार्यगर्दै यो सेवालाई थप विस्तारगर्दै जाने स्पष्टपार्नुभयो । तत्कालका लागि सानो कोठावाट सेवा केन्द्र सुरु भएपनि निकटमै व्यस्थित भवनवाट विज्ञ सहितको सेवाका लागि आगामी वर्षको नीति तथा कार्यक्रममा समेटेर अगाडी बढ्ने उहाँले जानकारी दिनुभयो ।
अहिले पूर्ण रुपमा उपचार नभएपनि अधिकतम सेवा उपचार केन्द्रवाटदिनेगरी उपचार केन्द्र संचालनमा ल्याएको हो । उपचार केन्द्रवाट सम्भव नभएको अवस्थामा भरतपुर आँखा अस्पतालमा समेत रिफर गर्न सकिने व्यस्था मिलाइएको छ । यसवाट लाभ लिन कालिकाबासीलाई नगर प्रमुख रेग्मीले आग्रहगर्नुभयो । नगरपालिकाको तत्लोभेगवाट सेवा सुरुभएपनि माथिल्लो भेगका नागरिकहरुलाई सेवादिन केन्द्रले बेला बेला शिविर संचालन गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेत्रज्योती संघ, चितवनका सभापति जयराम श्रेष्ठले आँखाको शल्यक्रिया (अप्रेशन)बाहेक सबैखालको सेवा केन्द्रवाट पाइने जानकारी दिनुभयो । नागरिकलाई छिटो छरितोसेवा दिनका लागि आँखा उपचार केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो । आँखामा चोट लागेमा, आँखा विग्रीएमा भरतपुर जानुपर्दैन उहाँले भन्नुभयो–“तपाईहरुको घरछेउमा आँखा उपचार केन्द्र आएको छ यसवाट प्रशस्तै फाइदा लिनुहोला । नेत्रज्योती संघ, चितवनका सभापति जयराम श्रेष्ठका अनुसार चितवनको सातवटै पालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । कालिकामा स्थापना भएको चितवनको यो अन्तिम उपचार केन्द्र हो ।
नवलपरासी, धादिङ, तनहुँ, सिन्धुली, सर्लाही, बारा, पर्साको ठोरी लगायतका क्षेत्रमा पनि छ आँखा उपचार केन्द्र संचालनमा ल्याइएको छ ।
कार्यक्रममा वडा नं.६ का वडा अध्यक्ष टिकाराम रेग्मीले विकासगर्ने क्रममा वडा नं. ६ मा उपचार केन्द्र स्थापना भएकोमा खुशी व्यक्त गर्नुभयो । शुभकामना मन्तव्यको क्रममा वडा अध्यक्ष रेग्मीले प्रारम्भिक चरणमा सीमित स्रोत साधनवाट उपचारसेवा सुरुभएपनि भविष्यमा यसले राम्रो र गुणस्तरिय सेवा प्रदानगर्नेगरी व्यस्थापन मिलाइने बताउनुभयो ।
नगर उपप्रमुख विमला तामाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको हो ।












—
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]