Listen Live: 

कालिकाका ५५ जना एकल महिलालाई आयआर्जनका लागि बाख्राको पाठी वितरण

Radio Chitwan
बुधबार, जेष्ठ ३०, २०८१

कालिका, ३० जेठ । कालिका नगरपालिकाका ५५ जना एकल महिलाहरुलाई आयआर्जनका लागि बाख्राको पाठीवितरण गरिएको छ । 

प्रत्येक वडाका पाँच पाँचजना एकल महिलाहरुलाई प्रजनन् योग्य बाख्राको पाठी वितरण गरिएको हो । 

कालिका नगरपालिका वडा नं. ८ गैरिबारी स्थित लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको परिसरमा एक कार्यक्रमको आयोजना गरी बाखा्र वितरण गरिएको हो । 

बाख्राको पाठी वितरण कार्यक्रममा बोल्दै कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले नगरक्षेत्रभित्रका एकल महिलाहरुलाई उत्पादन, आयआर्जन र उद्यमशीलतामा जोड्ने उद्देश्यले बाख्राको पाठी वितरण गरिएको जानकारी दिनुभयो । सीमित बजेटका कारण प्रति व्यक्ति एकवटा मात्रै बाख्राको पाठी व्यवस्थापन गर्न सकिएको भएपनि यसको राम्रो लालनपालन गरेर मनग्ये आम्दानीगर्न आग्रहगर्नुभयो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले एकल महिलाहरु स्वाबलम्बी बन्न सक्नुस भनेर बाख्राको पाठी वितरण गरिएको बताउनुभयो । सम्बृद्ध कालिका र सुखी कालिकाबासी भन्ने नारालाई सार्थक तुल्याउन सकियोस भन्ने उद्देश्यले सानो कोसेली स्वरुप नगरपालिकाले नगरभित्रका एकल महिलाहरुलाई बाख्राको पाठी वितरण गरिएको जानकारी दिनुभयो । 

बाख्रामा कुनै रोग लागेमा वा समस्या आएमा नगरपालिकाको पशुसेवा कार्यालयले सम्पर्कगर्न अनुरोध गर्नभयो । नगरपालिका एकल महिलाहरुको हरेक समस्या वा अफ्ठारो अवस्थामा सहकार्यगर्न तयार रहेको स्पष्टपार्नुभयो । 

प्राप्त बाख्राको पाठीलाई राम्रोसँग पालन पोषण गरेर यसलाई आम्दानीको स्रोतको रुपमा विकासगर्न समेत उहाँले आग्रहगर्नुभयो । कार्यक्रम नगर उपप्रमुख विमला तामाङको अध्यक्षतामा आयोजना गरिएको हो ।

आन्य समाचारहरु:-
January 20, 2025
चितवन महोत्सवमा भोलि ४ राष्ट्रिय कलाकार आउँदै, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम 

चितवन – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।  महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 20, 2025
सकियो खिचरा महोत्सव : एकलाख बढीले गरे अबलोकन 

खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]

January 20, 2025
चितवन महोत्सवमा हेल्थी बेवी प्रतियोगिता : विजेता राना मगर बनिन् प्रथम

चितवन, माघ ६ –चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना […]

January 19, 2025
रत्ननगरमा एचपिभी खाेप सम्बन्धी अभिमुखिकरण 

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram