कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नेपालमा मनसुन भित्रिएसंगै कालिकाले थाल्याे विपद् व्यवस्थापन सम्बन्धी पूर्व तयारी-फाेटाे कथा सहित

कालिका, २८ जेठ । वर्षातको बेला आउन सक्ने विपद्लाई लक्षित गरेर कालिका नगरपालिकाले विपद् व्यवस्थापन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
महिला संजालको सभाहलमा आयोजना गरिएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, नगरप्रहरी, रेडक्रसकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू कार्यक्रममा सहभागी छन् ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख विमला तमाङले विपद् व्यवस्थापनको पूर्व तयारीगर्नुपर्ने बेला भएकाले यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
वर्षातको समय भएकाले विपद् जतिबेला पनि आउन सक्ने भएकाले विपद् व्यवस्थापनमा सबैजनाको हातेमालो र सहकार्य आवश्यक रहेको स्पष्टपार्नुभयो । पूर्व तयारी गरिए विपद् वाटहुन सक्ने क्षतिलाई न्यूनिकरण गर्न सकिने बताउनुभयो । कार्यक्रम वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोेजक वीरेन्द्र तामाङको अध्यक्षतामा आयोजना गरिएको हो ।
कार्यक्रममा नगरपालिका सूचना अधिकारी प्रकाशचन्द्र पौडेलले नगर क्षेत्रभित्रका सम्भावित विपद्को जोखिम र पालिकाले अहिले सम्म गरेको प्रयास बारे अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।







चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]