कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
विद्यार्थीलाई ट्राफिक तथा लागुऔषध दुर्व्यसनी सम्बन्धी प्रशिक्षण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १२ मा शनिबार विद्यार्थीहरुलाई ट्राफिक सचेतना तथा लागुऔषध दुर्व्यसनी सम्बन्धी प्रशिक्षण दिइएको छ । श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति चितवन र वडा कार्यालयको सयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी र ट्राफिक प्रहरी पोष्टको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा ट्राफिक सचेतना, लागुऔषध दुर्व्यसनी, साइबर सुरक्षा, एचआइभी एड्सको बारेमा सचेतनामुलक प्रशिक्षण दिइएको समितिकी अध्यक्ष शोभा ओली शर्माले जानकारी दिइन् । विद्यार्थी मार्फत ट्राफिक सचेतना, लागुऔषध दुर्व्यसनी न्यूनीकरणको सन्देश समुदायमा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । कार्यक्रमका प्रमुख अतिथि वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीले समाजको सुन्दरताको लागि विकृति अन्त्य हुनुपर्ने भन्दै समाजमा अपराध मौलाउन नदिन सचेतना मुलक कार्यक्रम गरिएको बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख डिएसपी डा.हेम केसीले ट्राफिक सचेतना,दुर्घटना न्यूनीकरण, लागुऔषध दुव्र्यसनी नियन्त्रण र साइबर अपराध र सुरक्षाका उपायहरु र महिला महासंघ बागमती प्रदेशकी कोअर्डिनेटर मुना लामाले महिला सिंसा र एचआइभी एड्स रोकथामका बारेमा प्रशिक्षण दिएका थिए । समितिकी अध्यक्ष शोभा ओली शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य चन्द्रकला पनेरु, वडा सचिव शंकर बहादुर गिरी, सगरमाथा बोडिङ स्कुलका प्राचार्य गोकुल भट्ट, पिसभिजन बोडिङ स्कुलका प्राचार्य इमप्रसाद काफ्ले लगायतले मन्तव्य राखेका थिए । समितिका सचिव सम्झना अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा सदस्य भीमा थापाले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा विद्यार्थी, बालक्लवका सदस्य, टोल विकास संस्था र आमा समुहका गरी २०० जनाको सहभागिता रहेको थियो । श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितिले धर्मसंरक्षणसंगै समाजमा विद्यमान विकृति अन्त्यको लागि स्थानीय सरकारसंगको सहकार्यमा विद्यालय तथा समुदाय केन्द्रीत कार्यक्रम गर्दै आएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]