Listen Live: 

रत्ननगरमा सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम

Radio Chitwan
शुक्रबार, जेष्ठ २५, २०८१

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार सडक सुरक्षा र सवारी साधनको यन्त्रिक परीक्षण कार्यक्रम गरिएको छ ।

रत्ननगर नगरपालिका र रत्नप्रिय क्लवको आयोजनामा सडक दुर्घटना न्यूनीकरणको लागि सचेतनामुलक  र्‍याली, ट्राफिक चिन्ह अंकित पर्चा वितरण र सवारी साधनको यन्त्रिक परीक्षण गरिएको क्लवका अध्यक्ष बसन्त रानाले जानकारी दिए । बकुलहरचोक चोकमा कार्यक्रम उद्घाटन गरी टाँडीचोक, सोराहाचोक बकुलहरचोकमा पर्चा वितरण गरिएको हो । कार्यक्रम उद्घाटन पूर्व टाँडीमा सचेतनामुलक  र्‍याली निकालिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रलाद सापकोटाले दुईदिने कार्यक्रम तथा ढुंगामा लेखिएको ट्राफिक चिन्ह, वातावरण संरक्षण र पर्यटन विकास सम्बन्धी सोलोगनको उद्घाटन गरेका थिए । कार्यक्रम अन्तर्गत ३० वटा सवारी साधनको यन्त्रिक परीक्ष गरिएको अध्यक्ष रानाले जानकारी दिए । सो अबसरमा मेयर सापकोटाले सवारी साधन चलाउदा लापरबाही गरेका कारण दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बृद्धि हुँदै गएको भन्दै दुर्घटना न्यूनीकरणको लागि समुदाय केन्द्रीत सचेतना आवश्यक रहेको बताए ।

राजमार्ग सुरक्षा तथा रामनगर ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मोहन खाँड राजमार्गमा हुने दुर्घटना चालकको लापरबाहीको कारण हुने गरेको बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्साल, वडाध्यक्षहरु कलाधर पौडेल, सोहेन्द्रराज खरेल,अनन्त अधिकारी, सजना महतो, कार्यपालिका सदस्य वविता चौधरी, सेन्ट्रल कलेजका सञ्चालक यज्ञविलाश पौडेल, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, नेपाल इन्जुरी अनुसन्धान केन्द्रका प्रोफेसर सुनिलकुमार जोशी, सफा उर्जा उत्पादन प्रा.लिका निर्देशक निर्णय पौडेल लगायनको उपस्थिति रहेको थियो ।

नारी नागरण केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालले स्वागत मन्तव्य राखेका कार्यक्रम रत्नप्रिय क्लवका सचिव विजय लामाले सञ्चालन गरेका थिए । नेपाल इन्जुरी अनुसन्धान केन्द्र, सेन्ट्रल कलेज, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान, सफा उर्जा उत्पादन प्रा.लि., चितवन अटो मेकानिकल व्यवस्थापन संघ, नारी नागरण केन्द्र र इमाश्री गारमेन्टको सहआयोजनामा कार्यक्रम गरिएको हो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram