Listen Live: 

सामाजिक उद्यमी महिलाहरुलाई नेतृत्व विकास तालिम सुरु

Radio Chitwan
बिहिबार, जेष्ठ २४, २०८१

रत्ननगर । सामाजिक उद्यमी महिला सहकारीको नेतृत्व तहमा रहेका महिलाहरुका लागि नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । सामाजिक विकास मन्त्रालय वागमति प्रदेशको आर्थिक सहयोगमा सामाजिक उद्यमी महिला सञ्जाल नेपाल(सेवा नेपाल) ले आयोजना गरेको सो कार्यक्रममा ३३ जनाको सहभागिता रहेको छ । कार्यक्रमको उद्घाटन गर्दै सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेले सरकारले सहकारीको बर्गीकरण गर्दा अन्यमा राखिएको भन्दै सामाजिक उद्यमी महिला सहकारीलाई भिन्न प्रकृतिको सहकारीको रुपमा बर्गीकरण गर्न माग गरिन । सहकारीको मर्म र उद्देश्य अनुसार काम गरेका सामाजिक उद्यमी महिलाहरुलाई अन्यमा राखेर सरकारले विभेद् गरेको उनको आरोप छ । सामाजिक उद्यमी महिला सहकारीहरुको पहिचानका लागि सार्थक पहल आवश्यक रहेको भन्दै अध्यक्ष न्यौपानेले त्यसका लागि राष्ट्रिय सहकारी महासंघ र सहकारी संघले नेतृत्वदायी भूमिका निर्बाह गर्ने र त्यसमा सेवा नेपालले सहयोग गर्ने बताइन् । सेवा नेपालकी सचिव कल्पना रिमाल सेवा नेपालको परिकल्पना र रणनीतिक योजनालाई सफल बनाउन नेतृत्वतहमा रहेका महिलाहरुको क्षमता विकास तालिम गरिएको बताइन् । प्रशिक्षक उत्पादन गर्न तालिम आयोजना गरिएको भन्दै उनले क्रमबद्ध रुपमा नेतृत्व हस्तान्तरणलाई मजबुत बनाइने बताइन् । तीन दिन सम्म चल्ने सो तालिममा सेवा नेपालका सहकारी सबलीकरण अधिकृत दीर्घमान पोखरेलले प्रशिक्षक रहेका छन् । तालिममा सहकारीले उत्पादन गरेका सामाग्रीको बजारीकरण, नेतृत्व र क्षमता विकासका आधारभूत विषय, प्रभावकारी बैंठकको अबधारणा, अगुवाले समुह संस्थामा खेल्नुपर्ने भूमिका, निर्णय लिने प्रक्रिया र आधारभूत विशेषता, संस्थाका पदाधिकारीको काम कर्तब्य र अधिकार, नेतृत्व प्रभावकारी बनाउन अपनाउनुपर्ने रणनीति, नेतृत्वको अबधारण, अगुवामा हुनुपर्ने गुणहरु लगायतका विषयमा तालिम प्रदान गरिने सेवा नेपालकी कार्यकारी निर्देशक विष्णुकुमारी नेपालले जानकारी दिइन् । तालिममा क्रममा समुहगत छलफल र अनुभव आदानप्रदान समेत गरिने उनले जानकारी दिइन् । तालिममा चितवन सहित नुवाकोट, धादिङ, काठमाडौंका सामाजिक उद्यमी महिला सहकारीमा नेतृत्वतहमा रहेका महिलाहरु सहभागी छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram