कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
फुटकाे संघारमा लघुवित्त पीडित संघर्ष समिति : तामाङको नेतृत्वमा छुट्टै समिति गठनको प्रक्रिया सुरु

रत्ननगर । वित्तीय संस्थाको ज्याजती विरुद्ध निरन्तर आन्दोलनमा रहेको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति फुटको संघारमा पुगेको छ ।
केन्द्रीय समितिका अध्यक्ष मणिराम ज्ञवालीले एकलौटी र स्वेच्छाचारी ढंगले आन्दोलन तुहाउने खेलमा लागेको भन्दै केन्द्रीय सचिव रमेश तामाङको नेतृत्वमा छुट्टै समिति गठनको प्रक्रिया सुरु गरिएको छ ।
यसको लागि तामाङकै संयोजकत्वमा प्रथम राष्ट्रिय भेला आयोजक कमिटि गठन गरिएको छ । भेला आउने मंसिरको २ र ३ गते गैँडाकोटमा आयोजना गरिने चितवनको राप्तीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गत माघ १५ र १६ गते गैंडाकोटमै सम्पन्न प्रथम अधिवेशनले केन्द्रीय समिति विघटन गरी केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीलाई कार्यकारी अधिकार प्रदान गर्दै ३५ सदस्यीय सचिवालय गठन गरेको थियो । त्यतिबेला देखि नै १० वटा जिल्ला समितिले संघर्ष समितिलाई कमजोर बनाउने नियतले सम्मेलनमा एकतर्फी निर्णय गराउन खोजिएको भन्दै फेरि प्रथम राष्ट्रिय सम्मेलन गर्न माग गरेका थिए ।
असन्तुष्ट समुहले समितिको आर्थिक, संगठानिक तथा प्रगति प्रतिवेदन प्रस्तुत नगरिएको, निर्वाचन समितिले केन्द्रीय समिति गठन नगरी ३५ सदस्यीय सचिवालय गठन गरेको, अध्यक्ष ज्ञवालीले प्रस्तुत गरेको मागपत्रमा राजनीतिक झलक देखिएको, निर्वाचन समितिले उमेदवारी दिने वातावरण सृजना नगरेको, आन्दोलन परिचालन निर्देशिकामा माथि छलफल र बहस हुन नदिएको, अध्यक्षलाई कार्यकारी अधिकार प्रदान गरेको भन्दै विरोध जनाएको थियो ।
असन्तुष्ट समुहको नेतृत्व गरिरहेका केन्द्रिय सचिव तामाङ र चितवन जिल्ला अध्यक्ष सुधा पाठक लगायतलाई निष्कासन गरेपछि असन्तुष्ट समुहले प्रथम राष्ट्रिय सम्मेलन आव्हान गरेको हो । आफुलाई ‘लघुवित्तको ऋणीनै नभएको, आर्थिक पारदर्शिता नराखेको र व्यक्तिगत आरोप लगाएर मणिराम समुहले निष्काशन गरेको भन्दै अध्यक्ष पाठकले आक्रोश व्यक्त गरिन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]