Listen Live: 

बाघमारा वनमा महिलालाई उद्यमी बनाउन सीपमुलक तालिम

Radio Chitwan
शनिबार, जेष्ठ १२, २०८१

रत्ननगर । साैराहा र यस आसपासका विपन्न समुदायका महिलाहरुलाई तीन महिने सीपमुलक तालिम दिइएकाे छ । बाघमारा मध्यवर्ती समुदायिक वनले १० जना महिलालाई सिलाईकटाई र ३५ जना महिलालाई व्यूटिसियन तालिम दिएकाे हाे । उपभाेक्ताहरुलाई वनप्रतिकाे निर्भरता हटाउदै संरक्षणमा क्रियाशिल बनाउने उद्देश्यले सीपमुलक तालिम दिएकाे वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । वनकाे कार्यालयमै आयाेजना गरिएकाे दुई छुट्टाछुट्टै तालिम शनिबार सकिएका छन् । समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं ६ का वडाध्यक्ष किरण महताे, निकुञ्जका सहायक संरक्षण अधिकृत शान्तबहादुर मगर र वडा नं ७ कि वडा सदस्य माइली सुनारले तालिम लिएकाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । तालिममा सहभागी सिला चाैधरी, लक्ष्मी गाेदार र अन्जली खनालले सिकेकाे सीपलाई आर्थिक उपार्जनकाे आधार बनाउने बताए । वडाध्यक्ष महताेले वनले प्रदान गरेकाे तालिम लिएकाहरुलाई थप तालिमकाे आवश्यकता परे वडा कार्यालयले सहयाेग गर्ने प्रतिबद्धता जनाए । सिलाइकटाईकाे प्रशिक्षकमा विरेन्द्र चाैधरी र व्यूटिसियनकाे प्रशिक्षकमा मीना उप्रेती, अनुराधा महताे रहेका थिए । समापन कार्यक्रम तालिम संयाेजक सरस्वती चालिसेले सञ्चालन गरेकी थिइन् । पर्यापर्यटनबाट राम्राे आम्दानी गर्दै आएकाे साे सामुदायिक वनले वन व्यवस्थापन, बासस्थान र घासेमैदान व्यवस्थापन, मानव वन्यजन्तुकाे द्वन्द्व न्यूनीकरण, गरिबी निवारण, वालीनाली राहत वितरणकाे कामलाई प्राथमिकतामा राखेर काम गरिरहेकाे अध्यक्ष तामाङले बताए। मानव वन्यजन्तुकाे द्वन्द्व न्यूनीकरणकाे लागि बस्ती र वनकाे सिमानामा कंक्रिट बाल निर्माण, बालीनाली राहत, पशुचाैपायाकाे बिमा, सुत्केरी भत्ता, मृत्यू हुँदा काजक्रिया खर्च, उपचार खर्च, शिक्षामा बार्षिक १० लाख लगानी र गरिबी निवारणका लागि सीपमुलक तालिम दिँदै आएकाे छ । साे सामुदायिक वन गैंडा, बाघ, भालु, चितुवा, मृगप्रजाती, घडियाल र मगर गाेहीकाे मुख्य बासस्थान हाे । साैराहामा आउने अधिकांस पर्यटक साे वनमा हात्ती सफारी र डुंगा सयर गरेर रमाउने गरेका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram