कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
साैराहमा दुग्ध सहकारीका व्यवस्थापकलाई क्षमता विकास तालिम सुरु

रत्ननगर । चितवनकाे साैराहामा शुक्रबार देखि दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापकहरूका लागि क्षमता अभिबृद्धि तालिम सुरु भएकाे छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले आयाेजना गरेकाे साे तालिममा १०० बढी व्यवस्थापकहरुकाे सहभागिता रहेकाे छ ।

तालिमकाे केन्द्रीय दुग्ध उत्पादक संघका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बाेल्दै संघका जिल्ला अध्यक्ष किशाेर बगालले डेरी उद्योगले भुक्तानी नदिएका कारण किसानहरु मर्कामा परेकाे बताए । दूध बेचेर दाना चाेक्कर किन्न सक्ने अबस्था छैन् उनले भने भुक्तानी राेकिएकाे लामाे समय भयाे, अहिलेकाे जस्ताे अबस्था कहिल्यै आएकाे थिएन् । उनले सहकारीले उत्पादन गरेकाे दाना किसानले खरिद नगर्दा समस्या भएकाे बताए ।

केन्द्रीय दुग्ध उत्पादक संघका काेषाध्यक्ष बालकृष्ण उप्रेतीले समयमै भुक्तानी नपाउने समस्याप्रति राज्य गम्भीर हुनुपर्नेमा जाेड दिए । दुईदिन सम्म चल्ने साे तालिममा कार्यालय व्यवस्थापन तथा अभिलेख व्यवस्थापन, सहकारीमा लेखा परीक्षण तथा कर प्रणाली,बैठक व्यवस्थापन, वित्तीय व्यवस्थापन, प्रस्तावना लेखन, सिद्धान्त र व्यवहारिक प्रयाेग, संस्थापक संरचना, व्यवस्थापककाे भूमिका र जिम्मेवारी, जाेखिम क्षेत्रकाे पहिचान, सहकारीमा कानुन पालना र व्यवस्थापन कार्यदिशा लगायतका विषयमा प्रशिक्षण दिइएकाे छ । तालिमकाे प्रशिक्षकमा विनाेद खतिवडा र नवकुमार अधिकारी रहेका छन् । संघका उपाध्यक्ष रामेश्वर सिंह ओलीले स्वागत मन्तव्य राखेकाे कार्यक्रम सचिव कल्याण अधिकारीले सञ्चालन गरेका थिए । संघका व्यवस्थापन जनार्दन पाैडेलले सहकारीका व्यवस्थापककाे क्षमता विकाससंगै संघकाे भावी याेजनाकाे बारेमा समेत छलफल हुने जानकारी दिए ।




चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]