Listen Live: 

कालिका नगरपालिकाका विपन्न समुदायले योजना बनाएर मेयर सहित जनप्रतिनिधिहरुलाई सुनाए

Radio Chitwan
मङ्लबार, जेष्ठ ८, २०८१

कालिका, ८ जेठ । चितवनको कालिका नगरपालिकाका विपन्न समुदायले योजना बनाएर मेयर विनोद रेग्मी सहित जनप्रतिनिधिहरुको बीचमा प्रस्तुत गरेका छन् ।

विपन्न समुदायले लालपूर्जा वितरणदेखि गरिवी निबारणका लागि बेरोजगार समस्या सामधान सम्मका योजना प्रस्तुत गरेका हुन् । आम्दानीको स्रोत नभएका कारण जीविकोपार्जनमा समस्या भएको भन्दै उनीहरुले बस्तीमा खानेपानी,शौचालय लगायतका पूर्वाधार निर्माण, लागु औषध, न्यूनीकरण, बेरोजगारी समस्या सामधानको लागि योजना बनाएर मेयर रेग्मी सहित उपमेयर विमला तामाङ तथा वडाध्यक्ष समक्ष प्रस्तुत गरेका हुन् ।

उनीहरुले प्रस्तुत गरेका योजनामा कतिपय सुकुमबासी बस्तीमा शौचालय नहुँदा शौच गर्न जंगलजानु पर्ने बाध्यता रहेको उल्लेख गरिएको छ । विकाशिल टोल विकास संस्थाकी प्रमिला परियारले सुकुमबासी बस्तीमा शौचालय नहुँदा अधिकाँस घरघुरी शौच गर्न जंगल जाने गरेको बताइन् । खानेपानीको घारा छैन, जताततै फोहोर छ उनले भनिन् हाम्रो बस्ती मान्छे बस्ने जस्तो नै छैन् । कालिका नगरपालिकासंगको सहकार्यमा लुमन्ती आबासको लागि सहयोग समुहले सञ्चालन गरेको संकटासन्न क्षमता विश्लेषण र सामुदायिक योजना तर्जुमा परियोजना अन्तर्गत आयोजित सुचनाहरुको बृहत प्रर्दशनी र प्रस्तुतीकरण कार्यक्रममा १० वटा सुकुमबासीका अगुवाहरुले बस्तीको विकासको लागि योजना बनाएर प्रस्तुत गरेका हुन्।

कार्यक्रममा विकाशिल टोल विकास संस्थाकी परियार सहित चौविसघरे टोल विकास संस्थाका राजेश विक, समाबेशी टोल विकास संस्थाकी अन्जु तामाङ, सुर्यपुर टोल विकास संस्थाका भरत पोखरेल, विजय टोल विकास संस्थाकी राममाया प्रजा, शान्ति टोल विकास संस्थाकी पार्वती न्यौपाने, गुरौचौर सिमलघारी टोल विकास संस्थाकी रिमा कुमाल, स्कुलटाँडी टोल विकास संस्थाकी हिरा गुरुङ, बुङखहरे टोल विकास संस्थाकी कविता महतो र नवकिरण टोल विकास संस्थाका अजिब गोलेले योजना प्रस्तुत गरेका थिए ।

विपन्न समुदायको योजना सुनिसकेपछि मेयर रेग्मीले विपन्न समुदायले प्रस्तुत गरेको योजनालाई आत्मसाथ गरी आगामी आर्थिक बर्षमा बजेट विनियोजन गरेर काम थाल्ने बताए । सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने अधिकार केन्द्र सरकारमा निहीत रहेको भन्दै उनले निस्सा पाइसकेका सुकुमबासी समुदाय ढुक्क भएर बस्न आग्रह गरे । उनले सुकुमबासी बस्ती विकासको लागि योजना बनाएर काम गर्ने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा लुमन्तीका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले नगर भित्रका १० वटा सुकुम्बासी बस्तीका समुदायको जीवन स्तर उकास्ने गरी काम सुरु गरिएको बताए ।

सुकुमबासी समुदायको विकासको लागि आफैले योजना छनौट गर्दा प्रभावकारी हुने भएकाले सामुदायिक योजना छनौटलाई अगाडि बढाइएको उनको भनाई थियो । लुमन्तीका सामाजिक परिचालक विकास रानाले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष दीपक बहादुर भट्टराई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ, कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम, नगरपालिकाका विभिन्न शाखा प्रमुखसँगै कार्यपालिका सदस्यहरु, स्थानीय खानेपानी उपभौक्ता संस्थाका प्रतिनिधिहरुसँगै स्थानीय सामुदायिक वनका प्रतिनिधिहरु सहभागि थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram