Listen Live: 

जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी तीव्र

Radio Chitwan
आइतवार, फाल्गुन २२, २०७८

कर्णाली खेलकुद क्लब जुम्लाले जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८ को तयारी तीव्र पारिएको बताएको छ । आगामी चैत २६ गते आयोजना हुन लागेको म्याराथनको तीव्र तयारी भइरहेको हो ।

जुम्ला सदरमुकाम खलङ्गादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दुरीमा म्याराथन हुन लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो । जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने हेतुले म्याराथन आयोजना हुन लागेको क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो । म्याराथनका लागि खेलाडी दर्ता खुला गरिएको छ ।

तेस्रो पटक जुम्ला–रारा अल्ट्रा म्याराथन हुँदैछ । विसं २०७५ मा पहिलो म्याराथन आयोजना गरिएको थियो । विसं २०७६ मा दोस्रो संस्करणको म्याराथन आयोजना गरिएको थियो । कोरोनाका कारण २०७७ सालमा म्याराथन सञ्चालन हुन सकेन । एक वर्षको फरकमा जुम्ला–रारा अल्ट्रा म्याराथन हुन लागेको अध्यक्ष शाहीले बताउनुभयो ।

समुन्द्री सतहबाट दुई हजार ३०० मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलङ्गाबाट सुरु हुने म्याराथन तीन हजार ३०० मिटरको उचाइमा रहेको डाँफे लेक, चार हजार १०० मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८९० मिटरको उचाइमा रहेको राराताल छेउमा पुगिने भएको छ । जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडी पाँचदेखि सात घण्टामा पार गर्ने विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाले जानकारी दिनुभयो ।

म्याराथनले कर्णालीका खेलाडीलाई प्रोत्साहित गरिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई कर्णाली भूमिमा आएर खेल प्रदर्शन गर्ने अवसर प्रदान भइरहेको छ । यो कर्णाली चिनाउने एक राम्रो माध्यम भएको छ । गत वर्षको म्याराथनमा महिला र पुरुष खेलाडी गरेर झण्डै ३५० सम्म सहभागिता जनाउँदै आएका थिए । यस पटक पनि खेलाडी सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । यस वर्ष म्याराथनमा बिजेता खेलाडीको पुरस्कार रु एक लाखभन्दा माथि नै हुने आयोजकले जनाएको छ । रासस

आन्य समाचारहरु:-
September 5, 2023
एसिया कपमा भारतसँग नेपाल १० विकेटले पराजित

चितवन भदौ १८भारतसँग पराजयसँगै नेपाल एसियन कपबाट बाहिरिएको छ । सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति ‍‍‍२० दशमलव १ ओभरमा […]

May 5, 2023
पूर्वी चितवन पत्रकार मञ्च र रत्ननगर जेसीज बीच शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियाेगिता

चितवन। पूर्वी चितवन पत्रकार मञ्च र रत्ननगर जेसीज बीच शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियाेगिता गरिएकाे छ । जेसीज सप्ताहकाे अवसरमा आयाेजित खेल जेसीजले २- १ गोल अन्तरले जित हात पारेको छ […]

April 20, 2023
भरतपुरमा सम्पन्न भरतपुर मेयरकप बागमती प्रदेश यु १६ क्रिकेटको उपाधि पाहुना टोली काठमाडौंले जिते

चितवन, वैशाख ७( भरतपुरमा सम्पन्न भरतपुर मेयरकप बागमती प्रदेश यु १६ क्रिकेटको उपाधि पाहुना टोली काठमाडौंले जितेको छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको आजको फाइनल खेलमा घरेलु टोली […]

March 31, 2023
बागमतीको साझेदारीमा दोश्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन हुने

चितवन, चैत १७– प्रज्ञा स्मृति प्रतिष्ठान तथा प्रदेश खेलकुद परिषद् बागमतीको साझेदारीमा दोश्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन हुने भएको छ । भोलि शनिबार भरतपुरस्थित पिसजोन स्कुल गौरीगञ्ज–८ मा म्याराथन हुन […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram