Listen Live: 

कुसुमखोला आगलागी घटना : घटनाको तत्काल छानविन गरी दोषीमाथि कडा कारवाही गर्न माग

Radio Chitwan
सोमवार, चैत्र २१, २०७८

माडी, २१ चैत्र । अति सीमान्तकृत समुदायको बसोबास रहेको माडी नगरपालिका वडा नं. ९ कुसुमखोलामा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले बस्तीमा आगो लगाएपछि आम सर्वसाधारणदेखि मानवअधिकारकर्मीका साथै राजनैतिक दलहरुले समेत उक्त घटनाको चर्को विरोध गरेका छन्। बसिरहेकै घरमा जानाजान निकुञ्ज प्रशासनले आगो लगाएको भन्दै अन्यायमा परेका चेपाङ समुदायलाई तत्काल व्यवस्थापन गराइदिन पनि माग गरिएको छ।

नेपाल चेपाङ संघ, नेपाल आदिवासी जनजाति महासंघलगायतका साझा संस्थाहरुले यस घटनाको तत्काल छानविन गरी दोषीमाथि कडा कारवाही गर्न मागसमेत गरिसकिएको छ। माडी नगरपालिकाले समेत आफ्ना जनताको बसोबास निकुञ्ज प्रशासनको उक्त कार्य अत्यन्तै दुःखद भएको बताउँदै आएको छ। कुसुमखोलाका स्थानीयलाई अन्त कतै व्यवस्थापन गराउने प्रयास जारी रहँदै गर्दा निकुञ्ज प्रशासनबाट उनीहरुको उठिबास नै हुने गरी गाउँभरीको घर टहरोमा आगो लगाएर अमानवीय काम गरेको नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले बताए।सर्वोच्च अदालतले समेत ‘जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा छाडिदिनू’ भनेर आदेश दिइसकेको अवस्थामा पनि निकुञ्जले मानवअधिकारको हनन हुने गरी बसिरहेकै घरमा आगो लगाउँदै हिँडेको उनले बताए। नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष एवम् संविधान सभा सदस्य गोविन्दराम चेपाङले पनि निकुञ्जबाट जहिले पनि आदिवासी जनजाति समुदाय पीडामा परिरहेको बताए। घाँस दाउरा गर्न जाँदा होस् या माछा मार्न जाँदा होस् निकुञ्जले विभिन्न बहाना बनाएर हत्यासम्म गर्दै आएको घटनाको स्मरण गराउँदै कुसुमखोलाको घटनाले निकुञ्जसँग आदिवासी जनजाति समुदायबीच द्वन्द्व निम्त्याउने प्रयास गरिएको बताए।

यस्तै अवस्था भइरहे जल, जङ्गल र जमिनको रक्षार्थ खटिएका कुनै पनि आदिवासी जनजाति समुदाय निकुञ्ज प्रशासनविरुद्ध आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए। तत्कालीन राजा महेन्द्रले मकवानपुरको साविक काँकडा गाविसका बाढी, पहिरो प्रभावित चेपाङ समुदायलाई कुसुमखोला ल्याएर व्यवस्थापन गरेको उनको भनाइ छ। तर, अहिलेको सरकारले त्यतिबेला राजाले ल्याएर राखेकै ठाउँबाट लखेट्ने प्रयास गरिरहेको आरोप लगाए। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनका सचिव महेन्द्र दुराले आदिवासी जनजाति समुदायलाई निकुञ्जले हेपाह प्रवृत्ति देखाएको आरोप लगाए। पुस्तौँपुस्ता वन जङ्गल तथा नदीनाला आसपासका क्षेत्रमा बसोबास गर्दै आएका आदिवासी जनजाति समुदायमाथि राज्यकै कुनै न कुनै निकायले विभिन्न बहानामा कुदृष्टि लगाउने काम भइरहेकोले यसको विरोधमा समग्र नेपालका सबै आदिवासी जनजाति एकीकृत भएर आन्दोलनमा होमिनुपर्ने बेला आएको उनको भनाइ छ।


नेफिन चितवनकै समन्वयमा केही दिनअघि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको टोली पनि कुसुमखोला पुगेको थियो। घटनाबारे समाचार संकलन तथा प्रकाशन प्रसारणको लागि फोनिज चितवनका अध्यक्ष रमेश रानामगर, उपाध्यक्ष तुलमान गुरूङ, बागमती प्रदेश प्रतिनिधिहरु आशिका थापामगर, आशिक रानामगर र ममता गुरूङसहितको टोली कुसुमखोला पुगेर फर्किएको थियो। आदिवासी जनजाति समुदायमाथि परेको समस्या र पीडाबारे सञ्चारमाध्यममार्फत बाहिर ल्याउन फोनिजको टोली घटनास्थल पुगेको फोनिज चितवनका अध्यक्ष मगरले जानकारी दिए।
चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले यही चैत ६ गते दिउँसो करिब साढे ३ बजेको समयमा कुसुमखोलाका करिब दर्जन घर तथा छाप्राहरुमा आगो लगाइदिएको थियो। यसअघि पनि २०७७ सालको साउन ३ गते घरमा आगलागी गराइदिएको थियो। अन्य समयमा पनि खेतीबालीमा हात्ती चराइदिने, थन्क्याउने बेला भएको अन्नबाली फाँडेर नष्ट गरिदिने, घरमा आएर धम्क्याउनेजस्ता काम हुँदै आएको स्थानीय बताउँछन्।कुसुमखोला आगलागी घटना स् निकुञ्जले द्वन्द्व निम्त्याउने काम ग¥यो

आन्य समाचारहरु:-
September 26, 2023
सर्वाेच्चको प्रश्न: ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई मुद्दा नचलाउनुको कारण के हो ?

काठमाडौं, असोज ९ सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश […]

September 26, 2023
सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]

September 26, 2023
चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली मङ्गलबार कोशी पठाइँदै

चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]

September 26, 2023
कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram