Listen Live: 

भूमध्य सागरमा डुंगा डुब्दा कम्तीमा ९० आप्रवासीको मृत्यु

Radio Chitwan
सोमवार, चैत्र २१, २०७८

त्रिपोली, २१ चैत्र । लिबियाबाट शरणार्थी बोकेको डुंगा भूमध्य सागरमा डुब्दा कम्तीमा ९० आप्रावासीको मृत्यु भएको छ । क्षमताभन्दा बढी यात्रु बोकेको सो डुंगा केही दिनअघि लिबिया छोडेको थियो । दुर्घटनामा ४ जनाको जीवितै उद्धार भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
एलेग्रिया १ नामक एक व्यावसायिक ट्यांकरले शनिबार बिहान भूमध्यसागरमा ४ जनाको उद्धार गरेको डक्टर्स विदाउट बोर्डर्सले जनाएको छ । डुंगामा एक सय जनाले यात्रा गरेको उद्धार गरिएका व्यक्तिहरूले बताएका छन् ।
एक दशकको द्वन्द्व र अराजकताबाट ग्रस्त लिबिया अफ्रिकी र एसियाली आप्रवासीहरूका लागि युरोप जाने प्रमुख प्रस्थान बिन्दु बनेको छ । आप्रवासनका लागि अन्तराष्ट्रिय संगठनका अनुसार पछिल्लो हताहतीबाहेक यस वर्ष भूमध्यसागरमा डुबेर ३६७ जनाको मृत्यु भएको छ । एजेन्सी

आन्य समाचारहरु:-
September 30, 2024
कालिका मा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न

लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]

September 29, 2024
चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया,७ दिनको शिशुदेखि ७८ वर्षिय बृद्धासम्मको उपचार

स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]

September 28, 2024
पेवा साकोसको साधारण सभा : एक बर्षमा एक करोड बढी मुनाफा

रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]

September 28, 2024
चितवनको पाँच स्थानमा भारी वर्षा रेकर्ड, नारायणीले देवघाटमा नाघ्यो खतराको तह

चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram